सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा दुर्घटना : मृतकको संख्या ९ पुग्यो, घाईतेको उद्दारका लागि हेलिकप्टर पठाईयो

२०७६ असार २, ०५:५५ खबर संवाददाता

बझाङमा आज दिउँसो भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने स्थानमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ। यसअघि ८ जनाको मृत्यु भईसकेको  थियो। जीप भीरमा खसेकाले घाइतेहरूको उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ।

अहिले सम्म चार जना घाईतेको उद्दार गरिएको बझाङ संवाददाता डिबी विष्टले जानकारी दिए। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको टोली घटना स्थलतर्फ गएको छ। घाईतेहरुको उद्दारका लागि हेलिकप्टर पठाईएको प्रहरीले जनाएको छ। बझाङमा अहिले पानी परिरहेकाले उद्दारमा थप कठिनाई   भएको छ। 
 

कमेन्ट लोड गर्नुस