सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेटमा नेपालले ओमानसँग खेल्ने

२०८१ असोज १३, ०४:४६ खबर संवाददाता

क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ।

क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ। शनिवार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो।

ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो। आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन्। यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपालसम्मेलित त्रिकोणात्मक एकदिवसीय शङ्खलाको सबै खेलमा नेपाल पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस