सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ३२ प्रदेश सभा क्षेत्रमा खटिए कांग्रेसका ४३ प्रतिनिधि

२०८१ असोज १३, ०९:५१ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिमले ३२ प्रदेशसभा क्षेत्रमा ४३ जना प्रतिनिधि खटाएको छ। पार्टीको सय दिने विशेष अभियान सफल बनाउन कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले ४३ प्रतिनिधि खटाउने निर्णय गरेको हो।

प्रदेश समितिका प्रवक्ता सुरतबहादुर रावतका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालेको हो। पौष १६ गतेभित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले सो अभियान सुरु गरेको हो।

कमेन्ट लोड गर्नुस