सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिज्बुल्लाहका नेता हसन नसरल्लाह मारिएको इजरायलको दाबी

२०८१ असोज १२, ०४:५८ खबर संवाददाता

एजेन्सीः हिज्बुल्लाहका शीर्ष नेता हस नसरल्लाह सैन्य आक्रमणमा मारिएको इजरायलले दाबी गरेको छ।

इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले हिज्बुल्लाहका शीर्ष नेता नसरल्लाह मारिएको दाबी गरेको हो। आईडीएफले सामाजिक सञ्जाल एक्समा लेखेको छ,’अब हसन नसरल्लाहले दुनियाँलाई आतंकित बनाउने सक्ने छैनन्।’

यस्तै, इजरायलको विदेश मन्त्रालयले पनि नसरल्लाहको मृत्यु भएको दाबी गरेको छ। विदेश मन्त्रालयले एक्समा लेखेको छ, ‘इजरायली डिफेन्स फोर्सेसले हिज्बुल्लाह नेता हसन नसरल्लाह र हिज्बुल्लाहका एक संस्थापक सदस्यलाई मारेको पुष्टि गरेको छ। हिज्बुल्लाहका दक्षिणी क्षेत्रका कमाण्डर अल कार्की र अन्य कैयौँ कामन्डर पनि मारिएका छन्। नसरल्लाह अब दुनियाँलाई आतंकित पार्न सक्ने छैनन्।’

हसन नसरल्लाह एक शिया धार्मिक गुरु हुन्, जो लेबनानमा हिज्बुल्लाहका प्रमुख हुन्। इजरायलले हत्या गर्न सक्ने डरका कारण उनी कैयौँ वर्षदेखि सार्वजनिक जीवनमा देखिएका थिएनन्।
 

कमेन्ट लोड गर्नुस