सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा

२०८१ असोज ८, ०९:११

धनगढी : नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ। सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही फुकुवा गरेको हो। 


पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गरेको हो। नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गरेककी थिइन। झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको हो। 

यस्तै, नागरिक उन्मुक्ति पार्टीले बागमती प्रदेश अध्यक्ष दीप तामाङ, गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र केन्द्रीय सदस्य नवीन थापालाई गरेको कारबाही पनि फुकुवा गरेको सांसद गङ्गाराम चौधरीले बताए।
 

कमेन्ट लोड गर्नुस