सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि

२०८१ असोज ७, ०७:२८ खबर संवाददाता

काठमाडौंः माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नेछन्। १४ गतेसम्म चल्ने सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने छन्।

७५ जिल्ला, ४५० पालिका र ५०० बढी क्याम्पसमा सम्मेलन सम्पन्न भइसकेको र अहिलेसम्म तीन लाख सदस्यता वितरण गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्। उनका अनुसार सम्मेलनले सहमतिबाट नभई प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने छ।
 

कमेन्ट लोड गर्नुस