सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज तीन संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची

२०८१ असोज ६, ०८:५५

काठमाडौः सङ्घीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ।

जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ। त्यस्तै, ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन कोप २८ को कार्यप्रगतीबारे छलफल हुनेछ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने जनाइएको छ। दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

कमेन्ट लोड गर्नुस