सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू

२०८१ असोज २, ०५:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ।

बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो। बुधवार अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ।

स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान गरेर परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस