सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चार जनामा देखियो डेंगु

२०८१ भदौ ३०, ०३:०६ खबर संवाददाता

बैतडीः बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

जिल्लाको पाटन नगरपालिका–५ वसन्तपुर कद्वाराका चार जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए। डेंगु संक्रमण पुष्टि भएका मध्ये एकजना बाहिरबाट आएका र बाँकी गाउँमै बसोबास गर्ने बुझिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए।

गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमितको संख्या थपिन सक्ने उनले बताए। एकै गाउँमा चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि गाउँमै गएर चेकजाँचको काम गर्ने तयारी भइरहेको छ। पाटन नगरपालिकासँग सहकार्य गरेर डेंगु प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भएको उनले बताए।

कमेन्ट लोड गर्नुस