सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने

२०८१ भदौ ३०, ०६:२३ खबर संवाददाता

धनगढीः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। 

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ 

कमेन्ट लोड गर्नुस