सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेटमणी चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

२०८१ भदौ २८, ०६:०४ खबर संवाददाता

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले तीन दिने स्पष्टीकरण सोधेको छ। 

भदौ २५ गते प्राइम टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ भनि अभिव्यक्ति दिएको भन्दै बिहीबार महासचिव घनश्याम भूसालले स्पष्टीकरण सोधेका हुन्। यस्तै चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिएको स्पष्टीकरणमा उल्लेख छ।

तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ। ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो?’ भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ।

कमेन्ट लोड गर्नुस