सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल क्रान्तिकारी केएमसीको आयोजनामा वक्तृत्व कला आयोजना हुने

२०८१ भदौ २७, ०९:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुने भएको छ।

विद्यार्थीमा भएको कला र गलालाई प्रस्फुटन गर्ने उद्देश्यले वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष मिलन भाट (म्याक्स)ले बताए।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई ‘महिला हिंसा र यसले समाजमा पर्ने प्रभाव र युवा र राजनीति र समाज रूपान्तरण’ भन्ने दुईवटा शीर्षक दिएर वक्तृत्व कला प्रतियोगिता आयोजना हुन लागेको अध्यक्ष भाटले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार ५ सय नगद, प्रमाणपत्र, द्वितीय हुनेलाई २ हजार ५ सय नगद, प्रमाणपत्र प्रदान गरिने छ। यस्तै तृतीय हुनेलाई १ हजार ५ सय नगद र प्रमाणपत्र प्रदान गरिन आयोजक समितिले जनाएको छ। कार्यक्रम भदौ २८ गते बिहान ९ बजेदेखि कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा हुने छ।

कमेन्ट लोड गर्नुस