सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु

२०८१ भदौ २४, ०८:२१ खबर संवाददाता

छत्तीसगढ: भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
 
मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन्। जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पु¥याएको उनले लेखेका छन्। 
 
प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ। मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ। म दिवङ्गत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

कमेन्ट लोड गर्नुस