सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोहराको अध्यक्षतामा अखिल क्रान्तिकारी डोटीको नयाँ कमिटी गठन

२०८१ भदौ १९, ०९:५३ खबर संवाददाता

डोटीः नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी डोटीको ८ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।

बुधवार (आज) सम्पन्न भएको सम्मेलनबाट पुर्ण बहादुर बोहराको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ। बोहरा अध्यक्षमा निर्विरोध चयन भएका हुन।

उपाध्यक्षमा देव मल्ल, ईन्द्र डुम्रेल, मुना बिष्ट, सचिवमा हेमन्त गडसिला, सहसचिवमा टेकराज भट्ट चएन भएका छन्। यस्तै सहसचिवमा सुस्मिता मल्ल, करन गड्सिला र कोषाअध्यक्षमा दुर्गा धामी चयन भएका छन।

प्रकाश जोशीको सभाध्यक्षमा सुरु भएको कार्यक्रम प्रमुख अतिथि बिर थापा, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह वलि, माओवादी केन्द्रका जिल्ला अध्यक्ष, बोगटान फुड्सिल गाउापालिकाका अध्यक्ष कमल गडसिला लगाएतको सहभागीता  रहेको थियो। कार्यक्रममा जिल्लाका विभिन्न  माध्यमिक तहका विद्यार्थीहरुको सहभागीता रहेको थियो।

कमेन्ट लोड गर्नुस