सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालबाटै क्यान्सरको उपचार गर्न सम्झौता

२०८१ भदौ १९, ०३:४३ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार सुरु गरिने भएको छ।

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गर्ने भएको हो।

क्यान्सर उपचार सेवा सुरु गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालतर्फबाट कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेल र सेती प्रादेशिक अस्पतालतर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका गरेका छन्।
 

कमेन्ट लोड गर्नुस