सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरूद्ध प्रदर्शन

२०८१ भदौ १७, ०६:५७ खबर संवाददाता

एजेन्सीः जेरूसेलम–इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू सरकारविरूद्ध प्रदर्शन सुरू भएको छ।

गाजामा बन्धक बनाइएकाहरूलाई फिर्ता गर्न असफल भएको भन्दै प्रधानमन्त्री नेतन्याहूविरूद्ध प्रदर्शन भएको हो। बन्धकहरूको रिहाइका लागि नेतन्याहू सरकारले हमाससँग सम्झौता गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ।

प्रदर्शनकारीहरू तेल अवीव, जेरूसेलम र अन्य सहरहरूमा झण्डा लिएर सडकमा उत्रिएका छन्। बन्धकहरूको रिहाइका लागि नेतन्याहू नेतृत्वको सरकारले चासो नदेखाएको उनीहरूको भनाइ छ। गत वर्ष अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेर सयौँ जनालाई बन्धक बनाएर गजा लिएर गएका थिए।

आइतवार सुरूवाती चरणमा शान्तिपूर्ण प्रदर्शन भए पनि पछि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेका थिए। तेल अविवमा राजमार्ग अवरूद्ध पारेर उनीहरूले प्रदर्शन गरेका थिए। इजरायलको ट्रेड युनियनले सोमवार देशव्यापी हड्तालको घोषणा गरेको छ। बन्धकको रिहाइका लागि सरकारले तत्काल हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको भनाइ छ।

कमेन्ट लोड गर्नुस