सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा बागमतीसँग सुदूरपश्चिम पराजित

२०८१ भदौ १७, ०५:३६ खबर संवाददाता

काठमाडौँः अस्मिता खवासको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको लिगको दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो। बागमतीको जितमा अस्मिथा खवासले ह्याट्रिक पूरा गरिन्। लिगमा ह्याट्रिक प्रहार गर्ने अस्मिता पहिलो खेलाडी हुन्।

पहिलो हाफमा ३–० ले अग्रता बनाएको बागमतीले दोस्रो हाफमा १ गोल थप्दा १ गोल खान पुग्यो। पहिलो हाफको १७ औँ मिनेटमा अस्मिता खवासको गोलमा बागमतीले सुरुवाती अग्रता लिएको थियो। उनले खेलको ८० र ८२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। २६ औँ मिनेटमा सहारा लिम्बुको गोलमा बागमतीले अग्रता दोब्बर पार्यो।

खेलको ३७ औँ मिनेटमा आरती भुजेलको गोलमा बागमतीले ३–० को अग्रता लियो। खेलको अन्तिम मिनेटमा टुल्चा बोहोराले शान्त्वना गोल फर्काईन्। लिगमा भोलि मंगलबार दुई खेल हुनेछ। पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले कर्णाली प्रदेशसँग खेल्नेछ। एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने तालिका छ।
 

कमेन्ट लोड गर्नुस