सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसी आक्रमणमा परी ६ जना युक्रेनी नागरिकको मृत्यु

२०८१ भदौ १५, ०६:११ खबर संवाददाता

एजेन्सिः युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

अन्य ५९ जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन्। रुसले बेल्गोरोड क्षेत्रबाट निर्देशित बमसहितको आक्रमण सुरु गरेको थियो।

१२ तले अपार्टमेण्ट भवनसहित पाँच स्थानमा आक्रमण गरेको थियो। पीडितमध्ये एक १४ वर्षीया बालिका पनि रहेको उनले बताए। घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ।

कमेन्ट लोड गर्नुस