सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा परराष्ट्रमन्त्री राणा र पूर्वप्रधानमन्त्रीको ‘हेलोहाइ’

२०८१ भदौ १२, ०२:४१ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) जम्बो पदाधीकारीको टोलीसहित धनगढी आइपुगेका छन्।

प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू धनगढी आइपुगेका हुन्। उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन्।

पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितको जम्बो पदाधीकारीको टोली धनगढी पुगेको हो। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी भएर प्रदेश परामर्श बैठक सुरु भएको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले बताए।

पूर्वप्रधानमन्त्री दाहालसहित पदाधीकारीको टोलीसँगै एउटै फ्लाइटमा काठमाण्डौंबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि धनगढी आइपुगेकी छन्। पुर्वप्रधानमन्त्री दाहाल परराष्ट्र मन्त्री राणा धनगढी पुगिसकेका छन्। दाहाल र राणा एउटै फ्लाइटबाट धनगढी पुगेका हुन्।

एउटै फ्लाइटबाट धनगढी पुगेपछि धनगढी विमानस्थलमा दाहालसँग सक्षिप्त प्रतिकृया लिदा उनले ‘हेलोहाइ’ मात्र भएको बताए। सञ्चारकर्मीले सँगै आउनुभयो केही राजनीतिक गफ भयो की भन्ने जिज्ञासामा हेलोहाइ मात्र भएको प्रतिक्रिया दिए।

कमेन्ट लोड गर्नुस