सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

२०८१ भदौ १२, १२:५५

अबुजा: नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ। हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन्।

हालैको बाढीका कारण झन्डै २ हजार मानिस घाइते भएका छन्। १ लाख हेक्टर खेतीयोग्य जमिन ध्वस्त भएको नाइजेरियाको विपद् व्यवस्थापन एजेन्सीको तथ्याङ्कले देखाएको छ। बाढीले उत्तरी नाइजेरियामा वितण्डा मच्चाएको राष्ट्रिय आपत्काल व्यवस्थापन प्राधिकरण (नेमा)का प्रवक्ता मान्जो इजेकेइलले मंगलबार भनेका छन्।

मुसलधारे वर्षा र देशका दुई ठुलो नदी नाइजर र बेन्यूमा पानीको स्तर बढेकोले देशको अन्य क्षेत्र पनि जोखिममै भएको उनले बताएका छन्। आगामी दिनमा मध्य नाइजेरिमा पनि यस्तै खालको बाढी आउन सक्ने बताइएको छ।

यसअघि बाढीको चपेटामा दुर्लभै पर्ने गरेको स्थानमा समेत यो वर्ष बाढी देखिएको इजेकेइलले भनेका छन्। सन् २०२२ मा नाइजेरिमा बाढीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको थियो। औसतभन्दा बढीको वर्षात् र क्यामरुनमा लाग्दो बाँधमा अत्यधिक पानी भरिएकोले नाइजेरियामा बाढीको प्रकोप बढेको अधिकारीहरूले बताएका छन्।

कमेन्ट लोड गर्नुस