सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा बाढीमा परी २३ जनाको मृत्यु

२०८१ भदौ ११, ११:४६ खबर संवाददाता

एजेन्सिः बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन्।

विपद् व्यवस्थापन तथा राहत मन्त्रायअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्र (एनडिआरसिसी) को दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार सोमवार दिउँसोसम्म देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण ५७ लाख एक हजार दुई सय चार जना प्रभावित भएका छन्।

मन्त्रालयको वेवसाइटमा प्रकाशित प्रतिवेदनमा देशमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ भने ११ जिल्लामा १२ लाख ३८ हजार ४८ परिवार अलपत्र परेका छन्। दुई जना बेपत्ता समेत भएको बताइएको छ।

गत हप्तादेखि प्रमुख नदीहरू ‘ओभरफ्लो’ हुँदा बङ्गलादेशका केही भागमा जमिनको ठूलो क्षेत्र जलमग्न भएको छ। बाढीले देशको ठूलो भू–भागमा बस्तीहरू, बाली, सडक र राजमार्गहरूमा व्यापक क्षति पुर्‍याएको बताइएको छ।

कमेन्ट लोड गर्नुस