सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरीयाद्धारा प्लास्टिकमा रोक, प्लास्टिकको सट्टा केराका पात

२०७६ जेठ ३०, ०५:०५

दक्षिण कोरीयाले प्लास्टिकमा रोक लगाएको छ। दक्षिण केरियाको सिंगापुरका सुपरमार्केटमा प्लास्टिकको झोला प्रयोग कम गर्न अभियान सुरु गरिएको छ भने ताइवानका पसलमा ग्राहकलाई प्लास्टिकको प्रयोगमा हतोत्साहित गर्न एकल उपयोगवाला प्लास्टिकको झोलामा शुल्क लिन सुरु गरेको छ। 

भियतनामी सुपरमार्केटमा प्लास्टिकको सट्टामा केराका पातलाई सामान प्याकिङमा प्रयोग गर्न थालिएको छ। सामान प्याकिङको यो वैकल्पिक उपाय भियतनामका सुपर मार्केटले पनि थाइल्यान्डबाट सिकेर भित्र्याएको बताइएको छ। थाइल्यान्डको चियांगमाई सुपरमार्केटले यस्तो पद्धति प्रयोग गरेको तस्बिर फेसबुकमा राखेपछि वातावरणमैत्री प्याकेजिङको प्रशंसा भएको थियो। 

भियतनामको लोटे मार्ट, साइगन को–सप, बिग सीजस्ता ठूला सुपरमार्केटले थाई स्टोरमा केराका पातलाई प्याकेजिङका लागि विकल्पका रुपमा गरेको प्रयोगलाई अनुसरण गर्न सुरु गरेका छन्। लोटे मार्टका एक प्रतिनिधिले आफूहरु अझै पनि यसबारे परीक्षणकै क्रममा रहेको बताएका छन्। तर, छिटोभन्दा छिटो राष्ट्रव्यापी रुपमा केराका पातलाई प्याकिङको वैकल्पिक उपायका रुपमा प्रयोग गर्ने बताए। साग सब्जीका साथै ताजा मासु प्याकिङका लागि पनि केराका पात प्रयोग गर्न सकिने बताइएको छ। 

पछिल्लो एक रिपोर्ट अनुसार  भियतनाममा प्रतिदिन २ हजार ५ सय टन प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने गर्छन्। चीनले सन् २००८ मा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएपछि यसको प्रयोगमा ६६ प्रतिशतले कमी आएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस