सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनी सेनाले आक्रमण गरेपछि रुसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित

२०८१ भदौ ५, ०५:०६ खबर संवाददाता

एजेन्सीः युक्रेनी सेनाले दुई साताअघि आक्रमण सुरू गरेको रुसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित भएको छ।

रुसले उक्त क्षेत्रमा रहेका सातवटा नगरपालिकाको निर्वाचन स्थगित गर्ने घोषणा गरेको हो। रुसी निर्वाचन आयोगले बुधवार टेलिग्राममार्फत मतदान स्थगित गरिएको जानकारी गराएको छ। निर्वाचन आयोगले ‘मतदाताको सुरक्षाको पूर्ण प्रत्याभूति’ भएपछि त्यहाँ मतदान हुने बताएको छ।

तर अर्को हप्तादेखि सुरू हुने क्षेत्रीय गभर्नरको निर्वाचन बाँकी क्षेत्रमा योजनाअनुसार नै हुने जनाइएको छ। पछिल्लो दुई हप्तामा युक्रेनले कुर्स्क क्षेत्रमा रुसविरूद्धको आफ्नो प्रत्याक्रमणलाई सुसङ्गठित गर्दै सहयोगी मुलुकबाट प्राप्त हतियारको बलमा आक्रमण सुरू गरेको छ। 
 

कमेन्ट लोड गर्नुस