सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४० हजार नाघ्यो

२०८१ भदौ ३, ०६:५२ खबर संवाददाता

एजेन्सिः गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४० हजार ९९ पुगेको गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरू भएदेखि गत २४ घण्टामा इजरायली सेनाले २५ जनाको ज्यान लिएको छ भने अन्य ७२ जना घाइते भएका छन्। जसमा कुल मृत्यु हुनेको संख्या ४० हजार ९९ पुगेको छ र घाइतेको संख्या ९२ हजार ६०९ पुगेको छ।

धेरै पीडितहरू भग्नावशेषमुनि र सडकहरूमा पुरिएको बताइएको छ। इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरू गरेको थियो।
 

कमेन्ट लोड गर्नुस