सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अवैध मोटरसाईकलसहित ४ जना पक्राउ

२०८१ भदौ २, ०८:३२ खबर संवाददाता

बैतडीः बैतडीमा दुई ओटा अवैध मोटरसाईकल सहित ४ जना पक्राउ परेका छन।

जिल्लाको शिवनाथ गाउँपालिका–६ का त्रिलोकसिँह धनाडीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो। धनाडीले चलाईराखेको सुदूूरपश्चिम प्रदेश ०१००८ प १३७४ नम्बर लेखेको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

उनका अनुसार धनाडीले चलाएको मोटरसाईकलको कुनैपनि कागजपत्र नभेटिएको र भारतबाट अवैध रुपमा ल्याएर चलाएको पाइएपछि थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको छ। यस्तै जिल्लाकै पाटन नगरपालिका–६ का अशोक बिष्ट सहित सोही नगरपालिका–७ का चम्मन भट्ट र वसन्त पाण्डेयलाई पनि प्रहरीले पक्राउ गरेको छ।

बिष्टले चोरीको प्रदेश ३–०२–००९ प ०६०७ नम्बर लेखेको मोटरसाइकल लुकाइराखेको फेला पारेर नियन्त्रणमा लिएको प्रहरी निरिक्षक पाण्डेयले बताए। चम्मन भट्ट र वसन्त पाण्डेयलाई उक्त मोटरसाइकल बेचबिखनमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको प्रवक्ता पाण्डेयले बताए।


 

कमेन्ट लोड गर्नुस