सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट

२०८१ भदौ २, ०९:२८

रुसः रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ।

राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो। सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ। सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन। रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो। ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ।

हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन। भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो। भूकम्पपछि सुनामीको खतरा जारी गरिएको छैन।
 

कमेन्ट लोड गर्नुस