सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहकार्य र तयारीविना आएको विधेयक परिमार्जन भएर नै पारित हुन्छ : प्रचण्ड

२०७६ जेठ ३०, ०७:४२

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गृहकार्य र तयारीविना आएको विधेयक परिमार्जन भएर नै पारित हुने बताएका छन्। बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘संसदमा पेश भएका र हुन लागेका विधेयकहरुको पूर्ण तयारी नभएकोले विरोध भएको र गुठी, सञ्चार क्षेत्रलगायतका विधेयकहरु ल्याउँदा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग सुझाव लिनुपर्ने बताए।

उनले भने विधेयक ल्याउनका लागि जुन गृहकार्य हुनुपथ्र्यो तर त्यो हुन नसक्दा असहमति जुटेको हो।  विवादमा रहेका विधयेकमा केही कमी देखिएको र आउँदा दिनमा यस्ता विधयेकमा प्रर्याप्त छलफल गरेर सहमति जुटाउनेतर्फ सरकार र पार्टी सतर्क रहेको समेत बताए।
 

कमेन्ट लोड गर्नुस