राठी इन्टरप्राइजेजले धनगढीमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउँदै
धनगढी: राठी इन्टरप्राइजेजले धनगढीमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउने भएको छ। कजरिया ग्यालेक्सीको भदौ १ गते शनिवार उद्घाटन गर्ने तयारी गरिएको हो।
राठी इन्टरप्राइजेज सञ्चालनमा आएको ५१ वर्ष पूरा भएको छ। सोही अवसरमा कजरिया ग्यालेक्सी सञ्चालनमा ल्याउन लागेको सञ्चालक सुरेन्द्र राठीले बताएका छन्। धनगढीमा बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनल धनगढीको मुख्य सडक कालो पुल नजिक रहेको राठीको कजरिया ग्यालेक्सको सुविधा सम्पन्न भवन भित्र टायल, रड किचन, बाथरुमका साग्रीहरुले सजाएर राखिएका छन्। कजरिया ग्यालेक्सीको राठीका डाईरेक्टर हिमान्सु अग्रवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। कजरिया ग्यालेक्सीको सञ्चालनमा आउने लागेको भवन दुई हजार सात सय ८० बर्गकिलोमिटरमा निर्माण भएको छ।
राठीले निकट भविष्यमा कैलालीको अत्तरियामा पनि शाखा विस्तार गर्ने योजना रहेको बताए। सञ्चालक राठीले घर बनाउँदा आवश्यक सामग्रीहरु सोच विचार गरेर मात्र प्रयोग गर्नुपर्ने बताए। ‘घर भन्ने कुरा जीवनमा एक पटक बनाउने हो।’, उनले भने, ‘त्यसका लागि दुई रुपैयाँ महँगो भए पनि भरपर्दो कम्पनीका सामग्रीहरू प्रयोग गर्नुपर्दछ।’ राठी ईन्टरप्राईजेजको सुदूरपश्चिमको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुगाएको उनको दाबी छ। राठी इन्टरप्राइजेज कैलालीमा सरकारलाई सबै भन्दा बढी राजस्व बुझाउने संस्था समेत भएको उनले बताए। राठीले विक्रि गर्ने साम्रगीहरू पनि भरपर्दो र टिकाउ हुने तर्क उनको छ।