सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

२०८१ साउन ३१, ०५:०२

काठमाडौः इजरायली सेनाको आक्रमणका कारण गाजामा हालसम्म ४० हजारभन्दा बढि प्यालेस्टिनीको मृत्यु भएको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमलापछि अहिलेसम्म ४० हजार ५ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको हो। गाजामा इजरायली आक्रमणमा ६० प्रतिशतभन्दा बढि भवनमा क्षति पुगेको छ। विगत केही महिनामा रफाहको दक्षिणी सहरमा अत्यधिक क्षति भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा मृत्यु भएकामध्ये कति सर्वसाधारण र कति लडाकु हुन् भनेर छुट्याइएको छैन। यद्यपि, मृत्यु हुनेमा अत्यधिक महिला, बालबालिका तथा वृद्धवृद्धा छन्। इजरायली सेनाले बीबीसीलाई दिएको तथ्याङ्कअनुसार हालसम्म १५ हजारभन्दा बढि आतंकवादीको मृत्यु भएको दाबी गरिएको छ।
 

कमेन्ट लोड गर्नुस