सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटना, तीनजना घाईते

२०७६ जेठ २९, ०६:४६

बझाङमा जिप दुर्घटना हुदा तीनजना घाईते भएका छन्। जिल्लाको बुङ्गल नगरपालिका ९ देउलिकोटको निमिलीमा   बिजगडाबाट देउलीकोट स्वास्थ्य चौकीेतर्फ जाँदै गरेको से १ ज ५९९ जीप दुर्घटना हुदा तीन जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते हुनेहरुमा  जिप धनी कर्णबहादुर धामी, जिप चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ।

उनीहरको अवस्था गम्भीर रहेको बताईएको छ। घाईतेहरुलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा ल्याईएको छ। ब्रेक फेल भएर दुर्घटनामा परेको जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको छ। 

कमेन्ट लोड गर्नुस