सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानका प्रधानमन्त्री किशिदाले पार्टीको चुनावमा उम्मेदवारी नदिने

२०८१ साउन ३०, ०३:२८

एजेन्सीः जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको नेताको चुनावमा पुनः उम्मेदवारी नदिने निर्णय गरेका छन्।

योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको छ। फुमियो किशिदाले पार्टीलाई नयाँ शुरुआत चाहिने भएकाले आफू पछि हटेको बताउनुभएको बीबीसीले जनाएको छ। उनले आउँदो महिना सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ। किशिदाको पार्टीले भ्रष्टाचार र घोटालाको आरोप झेल्दै आएपछि उहाँको समर्थन पनि घट्दै गएको छ।

जापानले पछिल्लो समय बढ्दो मुद्रास्फीति, जापानी मुद्रा येनको मूल्य घट्ने जस्ता समस्या पनि सामना गरिरहेको छ।

कमेन्ट लोड गर्नुस