सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप खेल वर्षाले प्रभावित, अन्य दिनमा खेलाउन नसकिने

। फोटो स्रोत ।
२०७६ जेठ २९, ०३:५७

आईसीसीका निवर्तमान मुख्य कार्यकारी डेभिड रिचर्डसनले वर्षाले प्रभावित विश्वकपका खेलहरु अन्य दिनमा खेलाउन नसकिने बताएका छन्। श्रीलंका र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीचको खेल पानी परेपछि रद्द भएको थियो। दक्षिण अफ्रिका र वेस्टइण्डिजको खेलमा भने ७।३ ओभरको खेल हुँदा पानी परेपछि खेलको नतिजा आउन सकेको थिएन। प्रतियोगिताको लामो तालिकाका कारण पनि व्यवहारिक नहुने उनले बताए।

अमेरिकामा जुन महिनामा औसत धेरै पानी पर्छ भने इंग्ल्याण्डमा तुलनात्मक रुपमा सुख्खा मौसम हुुन पर्ने मौसम विभागले जनाएको छ। २०१८ को जुन महिनामा जम्मा २ मिलिमिटर पानी परेको थियो । यस वर्ष भने २४ घण्टामा १०० मिलिमिटर पानी परेको छ।पानीका कारण खेल अन्य सार्दा पिच र टिमको तयारी लगायतका विविध समस्याहरु उत्पन्न हुने रिचर्डसनको भनाइ थियो।
 

कमेन्ट लोड गर्नुस