सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना

२०८१ साउन २८, ०८:५६ खबर संवाददाता

एजेन्सीः अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको छ र दुर्घटनापछि ४०० जनालाई बाहिर निकालेको छ।

केर्न्स राज्यका अधिकारीहरूले अहिलेसम्म पाइलटको पहिचान गन सकेका छैनन्। अस्ट्रेलियामा सन् २०२३ को अन्त्यमा क्विन्सल्याण्डको तटमा रक्षा बलको हेलिकप्टर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस