सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायले ३० वर्षभन्दा कम उमेरकालाई लक्षित गरेर आक्रमण गरेको प्यालेस्टाइनको आरोप

२०८१ साउन २८, ०२:२६

एजेन्सीः इजरायलको गाजा पट्टीमा गएको अक्टोबर ७ देखि चलिरहेको युद्धका कारण अहिलेसम्म १ दशमलव ८ प्रतिशत जनसङ्ख्या मारिएका प्यालेस्टिनको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ।

मारिनेमा सबैभन्दा धेरै ३० वर्षभन्दा कम उमेरका मानिसहरू रहेका प्यालेस्टिनीको आरोप छ। इजरायली सेनाको आक्रमणमा मारिएकामध्ये ७५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका रहेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ। यसैबीच विद्रोही समूह हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेअनुसार थप वार्ताका लागि युद्धविराम योजना कार्यान्वयन गर्न अमेरिका, कतार र इजिप्टलाई आह्वान गरेको छ।

गाजाविरुद्धको इजरायल युद्धमा कम्तीमा ३९ हजार ७ सय ९० जनाको ज्यान गएको छ भने ९२ हजार २ जना घाइते भएका छन्।

कमेन्ट लोड गर्नुस