सुदूर नेपाललाई विश्वसँग जोड्दै

अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा

२०८१ साउन २८, १०:४९

गाजापट्टि-अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सयभन्दा बढी विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गरेको छ।

अबोल–घितले बिहानको प्रार्थनाको समयमा विस्थापित नागरिकहरूलाई मार्नु अपराध भएको बताए। अरब लिग प्रमुखले गाजामा कैदी आदानप्रदान सम्झौता र तत्काल युद्धविरामका लागि गम्भीर रूपमा वार्ता गर्न इजरायललाई वास्तविक दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।

हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिबार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलीले गरेको बमबारीमा १०० भन्दा बढि प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएको छ।इजरायली सेनाका अनुसार आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षति न्यूनीकरणका लागि धेरै कदम चालिएको थियो। 
 

कमेन्ट लोड गर्नुस