सुदूर नेपाललाई विश्वसँग जोड्दै

यमनमा वर्षा र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

२०८१ साउन २५, ०९:१७ खबर संवाददाता

एजेन्सीः पश्चिमी यमनमा एक साता लामो भएको भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको यमनको सरकारी टिभी रेड क्रिसेन्ट सोसाइटीको विज्ञप्तिलाई उद्धृत गर्दै शुक्रवार जनाएको छ।

यस साता सातवटा प्रदेशमा परेको वर्षा र बाढीले १२ जना बेपत्ता भएको समेत टेलिभिजनले जनाएको छ। बाढीले १२ हजार पाँच सय ८४ भन्दा बढी घरमा क्षति पु¥याएको छ भने तीन हजार छ सय ४० जना विस्थापित भएका छन्। सात प्रभावित प्रान्तमध्ये होडेडाह सबैभन्दा बढी प्रभावित भएको छ।

अन्य प्रभावित क्षेत्रमा हज्जाह, अमरान, सादा, धमार, ताइज र साना रहेका छन्। टेलिभिजनमा प्रसारित फुटेजमा भारी वर्षा र बाढीले पूर्ण रूपमा बगाएको होडेडाहको एउटा गाउँ देखाइएको थियो।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बाढीले ३० जनाको ज्यान लिएको र पाँच जना बेपत्ता भएका उल्लेख गरेको छ। 
 

कमेन्ट लोड गर्नुस