सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण व्यवसायी महासंघद्धारा आन्दोलनको कार्यक्रम फिर्ता

। फोटो स्रोत ।
२०७६ जेठ २८, ०४:५७

निर्माण व्यवसायी महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। मंगलबार महासंघले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुनेगरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो। 

महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरुको मुख्य माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको जानकारी दिए। कालो सूचीमा परेका निर्माण कम्पनीलाई ठेक्का नदिनेलगायतका प्रावधानसहितको सार्वजनिक खरिद नियमावली ल्याएपछि महासंघले त्यसको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो। 

महासंघले आफूहरुको बैंक धरौटीमा राखेको रकमको ब्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस