सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डेढ लाख मूल्यको अवैध सामान बरामद

२०८१ साउन २३, ०२:५० खबर संवाददाता

धनगढीः कैलालीमा डेढ लाख मूल्यको अवैध सामान बरामद गरिको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट ८० हजार ६५० मुल्यको कपडा, टीकापुर नगरपालिका–९ खैरीपुरबाट १८ हजार २ सय मुल्यको चिनि, प्याज र चप्पल, टीकापुर–९ ठोसेबजारबाट २० हजार २० मूल्यको चिनि, केराउ, सेतो प्लाष्टिक, रक्षा धागो पानीपुरी र तेल, कैलारी गाउँपालिका–७ मोहनपुरबाट ३२ हजार मुल्यको प्लाष्टिकका कट्टा, ८० किलो खुर्सानी र भजनी नगरपालिका–५ लालबोझीबाट ६ हजार ५ सय मूल्यको सिलिङ पंखाको ब्याट्री, औषधि र प्लास्टिकको बोतल गरेर करिब १ लाख ५७ हजार मूल्यको अबैध सामान बरामद गरिएको छ।

कमेन्ट लोड गर्नुस