सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकसेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशन प्रति साझा विवेकशीलको विरोध

। फोटो स्रोत ।
२०७६ जेठ २८, ०३:१९

साझा विवेकशील पार्टीले लोकसेवाको विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्देशन प्रति विरोध जनाएको छ। एक विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनका विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णय र निर्देशनप्रति विरोध जनाएको हो।

पार्टी प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको उक्त विज्ञप्तिमा विज्ञापन रद्द गर्न दिइएको निर्देशन गैरजिम्मेवार कार्य भएको उल्लेख गरिएको छ। ‘लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवश्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिन सकिन्छ, उक्त विज्ञप्तिमा भनिएको छ।

तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो।’

लाखौंको संख्याका शिक्षित र सक्षम युवा बेरोजगार हुनु परिरहेको अवस्थामा अर्कोतर्फ सक्षम कर्मचारीको अभावले स्थानीय सरकारका नियमित काममा व्यवधान पुगेको विज्ञप्तिमा उल्लेख छ। राजनीति भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरि राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरिनु नहुने पार्टीको ठहर छ।
 

कमेन्ट लोड गर्नुस