वर्तमान सरकारले सारा कुरा बर्बाद गर्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने बताउंदै संसदमा जबर्जस्ती गरे सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।
गोरखा सदरमुकाममा भएको नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले सारा कुरा बर्बाद गरेको भन्दै मानव अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक पनि पास हुन नदिने समेत बताए।
नेपाली सेनालाई प्रधानमन्त्री मातहत नभै राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत राखिनुपर्ने बताउँदै उनले गोरखा दरवारको पुननिर्माणमा भैरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाएका छन्।




