कोरियन भाषा ईपीएस परीक्षा दिने ४५ नक्कली परिक्षार्थी पक्राउ

कोरियन भाषा ईपीएस परीक्षा हलबाट ४५ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्। अरुको नामबाट परिक्षा दिएका ४५ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
शनिबारबाट सुरु भएको केरियन भाषा परिक्षामा राजधानीमा २१ स्थानमा परिक्षा केन्द्र सञ्चालनमा ल्याईएको थियो।
प्रवेश पत्रमा नाम एउटाको तर फोटो अरुको टाँसेर परिक्षा दिईएको पाइएपछि उनीहरुलाई पक्रउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




