सुदूर नेपाललाई विश्वसँग जोड्दै

जङ्गली च्याउ खाँदा २ जनाकोे मृत्यु, ८ जना बिरामी

। फोटो स्रोत ।
२०७६ जेठ २६, ११:१०

पाल्पामा जंगलको च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ, भने अन्य ८ जना बिरामी परेका छन। जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक घरका दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनिहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए। बाकिं ८ जना बिरामीहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ जनाइएको छ।

शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो। 
 

कमेन्ट लोड गर्नुस