सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर कोरियाली ह्याकरसँग आजित अमेरिकाको घोषणा– पक्राउ गर्नेलाई एक करोड इनाम

२०८१ साउन ११, ११:१९

काठमाडौंः  उत्तर कोरियाली ह्याकरबारेमा पश्चिमा पक्षका देशहरुले चेतावनी दिएका छन्।

रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिका, बेलायत तथा दक्षिण कोरियाले यस्तो चेतावनी दिएका हुन। उत्तर कोरियाको इन्दारियल ग्रुपको नाममा यस्तो चेतावनी दिएका हुन्। यो समूहले विश्वभरका संवेदनशील पूर्वाधारहरुमा आक्रमण गरेर संवेदनशील सूचनाहरु लिइरहेको बताइएको छ। रक्षा, आणविक, हवाई तथा इन्जिनियरिङ क्षेत्रमा यस्ता ह्याकिङ भएको बताइएको छ।

अमेरिकी स्टेट डिपार्टमेन्टले उत्तर कोरियाली ह्याकर ग्रुप इन्दारियलका रिम जोम ह्योकलाई पक्राउ गर्न सहयोग गर्नेलाई एक करोड अमेरिकी डलर इनाम दिने बताएको छ। सन् २०१७ मा पहिलो पटक इन्दारियलको अस्तित्वको रुपमा आएको सार्वजनिक भएको थियो।

दक्षिण कोरियाका व्यापारिक तथा सरकारी संस्थानहरुमा यसले ह्याक गरेको बताइएको थियो, तर अहिले यसले विश्वभर ह्याकिङ गरिरहेको बताइन्छ ।
 

कमेन्ट लोड गर्नुस