सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०८१ साउन ११, ०८:४७ खबर संवाददाता

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ। 
 
आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ। साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ। 

कमेन्ट लोड गर्नुस