सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले नेपाललाई दियो १७९ रनको विशाल लक्ष्य

२०८१ साउन ८, ०९:३३ खबर संवाददाता

एसिया कप टी–२० महिला क्रिकेटमा भारतले नेपालसामु १७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

नवौं संस्करणको उक्त प्रतियोगिता श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ। टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो।

भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन्। बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेकी थिइन्। हेमलता ४७ रन बनाएर आउट भइन्।

सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे। बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिइन्।
 

कमेन्ट लोड गर्नुस