सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्छ : कांग्रेस प्रवक्ता शर्मा

। फोटो स्रोत ।
२०७६ जेठ २२, ०५:२२

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन्। बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अभियान कांग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए। जागरण अभियानले कांग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उनको भनाइ थियो। 

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे। उनले भने, ‘जनतामा अहिले निरासा छाएको छ, यसलाई आशामा बदल्ने काम कांग्रेसले गर्नुपर्छ, यसका लागि हामी निरन्तर लागेका छौँ।’

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो। आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताए। तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ। मिडिया काउन्सिल विधेयक फिर्ता हुने भन्दै प्रेस काउन्सिल आफैँले पत्रकारको सहभागितामा आचार संहिता बनाउने बताए। रासस

कमेन्ट लोड गर्नुस