सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रमागत सडक योजना सम्पन्न गर्न प्रदेश सरकारलाई सुझाव

२०७६ जेठ २२, ०४:४५ खबर संवाददाता

सुदूरपश्चिमको समृद्धिसंग जोडिएका दर्जनौ ठुला सडक आयोजनाको निर्माण सुस्त रहेको छ। राष्ट्रिय राजमार्ग बाहेकका अधिकासं सडक निर्माणको जिम्मेवारी प्रदेश सरकराले पाएपछि त झने निर्माण कछुवा गतिमा भईरहेको छ। दर्जनौ ठुला सडक आयोजनाको निर्माणमा देखिएको सुस्तता नै प्रदेशको समृद्धिको मुख्य वाधक देखिएको बेला अव जारी योजना नै सम्पन्न हुने गरि बजेट ल्याउन सुझाव दिईएको छ। कतै वनको विवाद देखिएको छ भने कतिपय सडकहरुमा वजेट अभाव, विष्फोटक पदार्थको अभाव र जनशक्तीको कमिले पनि काम गर्न कठिनाई भईरहेको छ। त्यसैले योजनाको सङख्या बढाउनुभन्दा भएकै योजना सम्पन्न हुने गरि बजेट ल्याउनुपर्ने सुझाव संघीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय सुदूरपश्चिमका प्रमुख घनश्याम गौतमको छ। 
प्रदेशमा रहेका पुर्वाधार विकास कार्यालयहरुले पनि अहिले धेरै सडक योजना ल्याउनुभन्दा गौरवका र रणनीतिक सडक योजनाका लागि बजेट विनियोजन गर्न प्रदेश सरकारसंग माग गरेका छन्। अहिले प्रदेशको मातहतमा रहेका ३ सय बढि योजनाका लागि बजेट वितरण गर्दा एउटा योजनामा पनि प्रभावकारी प्रगती भईरहेको छैन्। त्यसैले टुक्रेटाक्रे सडक योजनामा बजेट विनियोजन गर्नुभन्दा प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न माग गरेको पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए। 
अहिले संघीय सरकारको मातहतमा रहेका हुलाकी सडक, मोहनापुल अत्तरीया ६ लेन सडक, ९ वटा उत्तर दक्षिण सडक र अन्य सडकका योजनाहरुको निर्माण पनि कछुवाको गतिमा रहेको छ। त्यस बाहेक नौ वटै जिल्लाहरुमा सञ्चालनमा रहेका सेती लोकमार्ग, महाकाली करिडोर, धनगढी दिपायल फास्ट ट्रयाक, चिसापानी जंगलघाट मंगलसेन सडक लगायतका योजनाहरुको पनि निर्माण दशकौ देखि सुस्ताएको छ। त्यसैले प्रदेश सरकारले आफ्ना मातहतमा रहेका योजनाहरुको निर्माण सकेर सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँ–गाउँलाई सडक सन्जालमा जोडन आवश्यक देखिएको पुर्वाधार विकास निर्देशनालय सुदूरपश्चिमका प्रमुख प्रेमदत्त भट्टले बताए। 
सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बैठकले छनौट गरेका प्रादेशीक गौरवका ९ वटा सडक योजनाहरुको निर्माण अलपत्र रहेको छ। कैलालीको भजनी–छोटीभन्सार ठुलीगाड सडक, कञ्चनपुरको बेलौरी कलुवापुर नाईल बुडर सडक, डोटीको सहजपुर बोकटान दिपायल सडक र डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडकलाई पनि प्रदशेको मन्त्रीपरिषद् बैठकले गौरवका योजनाा राखेको छ। अछामको चिसापानी जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक, बाजुराको खप्तड–मार्तडी सडक, बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला सडक, बझाङको दिपायल साईपाल सडक र दार्चुलाको देथला–खार–खलङगा–खण्डेश्वरी सडक पनि गौरवको योजनामा राखिएको छ। गौरवका सडक योजनाको निर्माण सकिए पनि सुदूरपश्चिमलाई समृद्धिको मार्गमा लेजान सकिने सम्भावना रहेको छ। 

कमेन्ट लोड गर्नुस