सुदूर नेपाललाई विश्वसँग जोड्दै

निसर्ग अस्पतालमा युवती मृत्यु प्रकरणः पत्ता लागेन मृत्युको कारण

२०८१ असार २५, ०९:४९ खबर संवाददाता

धनगढीः निसर्ग अस्पताल धनगढीमा एक युवतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको हो।

चिकित्सको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन नै गरेका थिए। सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी लक्ष्मीको तीन घण्टापछि उपचारको क्रममा मृत्यु भएको थियो।

जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन्। मृत्यु हुनुको कारण भने अझै खुलिसकेको छैन्। आफन्तले कानुनी उपचारमा जाने भन्दै हिजो (मंगलबार) राति नै शव बुझेको र कानुनी उपचारमा अस्पतालले सहयोग गर्ने सहमति भएको अस्पतालका सूचना अधिकारी रोहित गिरीले बताएका छन्।

कमेन्ट लोड गर्नुस