सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा बढाइयो निगरानी, बिरामीको सामान चोर्ने युवतीसहित तीन जना पक्राउ

सेती प्रादेशिक अस्पतालको सिसिटिभी फुटेजमा कैद गरिएको तस्वीर
सेती प्रादेशिक अस्पतालको सिसिटिभी फुटेजमा कैद गरिएको तस्वीर
२०८१ असार २५, ०६:५३ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्ताल धनगढीमा चोरीका घटना बढ्न थालेपछि सुरक्षा निगरानी बढाइएको छ।

अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित तीन जनालाई पक्राउ समेत गरिएको छ। अस्पतालमा चोरीका घटना एकपछि अर्को बढ्न थालेपछि सुरक्षा निगरानी बढाइएको हो। चोरीमा संलग्न पाँच जनाको पहिचान समेत गरिएको छ। अस्पतालमा रातिको समयमा बिरामी र कुरुवाको मोबाइल, झोला, पैसा र अन्य सामाग्री चोर्ने तीन जनालाई रङ्गेहात पक्राउ गरिएको छ।

एक जना महिलाले अस्पतालमा खसेको पैसा लगेकोमा फिर्ता गरेकी छन भने अर्का एक जना साइकल चोरी गर्ने व्यक्तिको हुलिया पत्ता लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। अस्पतालमा चोरीका घटना बढ्न थालेपछि सुरक्षा निगरानी बढाइएको छ। अस्पताल प्रशासनले चोरीका घटना नियन्त्रण गर्न सुरक्षा निगरानी बढाएको हो।

उपचार गर्न अस्पताल आइपुगेका बिरामीको सामान चोरी हुन थालेपछि अस्पताल प्रशासनले चोरीमा संकलग्नहरुको पहिचान गर्न निगरानी बढाएको छ। अहिलेसम्म चोरीमा संलग्न तीन जना पक्राउ परिसकेका छन्। एक जनाले पैसा फिर्ता गरेका छन् भने साइकल चोर्ने व्यक्तिको हुलिया खुलेको छ। अस्पतालबाट जेठ २५ गते बिरामीको चार्जमा लगाएको मोबाइल चोरी गरिरहेको अवस्थामा एक जना युवक पक्राउ परेका छन्।

यस्तै जेठ २९ गते एक जनाले अस्पतालमा खसेको पैसा लगेको सिसिटिभीमा देखिएपछि उनलाई सम्पर्क गरेर पैसा फिर्ता गराएर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ। असार १५ गते एक जना व्यक्ति साइकल चोरी गर्न लागेको सिसिटिभी फुटेजमा देखिएको छ। उनको हुलियाको पहिचान गरी खोजी भइरहेको छ भने जेठ २५ गते अस्पतालमा चोरी गर्ने दुई युवती पक्राउ परेका छन्।

अस्पतालमा सिसिटिभी कभरेज बढाएर सुरक्षा निगरानी बढाइएपछि रातको समयमा अस्पतालमा आएर चोरी गर्ने तीन जना पक्राउ गर्न सकिएको अध्यक्ष शाहले बताए। ‘बिरामी र तिनका कुरुवाको मोबाइल लगायतका सामान चोरी हुन थालेपछि सुरक्षा निगरानी बढाउँदा अहिलेसम्म तीन जना पक्राउ परेका छन्। एक जना साइकल चोर्दै हरेको भिडियो कैद भएको छ’, उनले भने, ‘चोरी गर्दागर्दै पक्राउ परेपछि बिरामी र कुरुवाले गर्ने गुनासोमा समेत कमी आएको छ।’

अस्पतालले बिरामी भेट्न आउनेहरूका लागि भिजिटर्स कार्ड बनाएर भिडभाड कम गर्ने उपाय अपनाएको छ। रातिको समयमा चोरीका घटना हुने भएकाले माइकिङ गरेर सामानको हेरचाह गर्न सूचना दिने गरिएको छ। यस्तै, सुरक्षागार्ड र प्रहरी युनिटले समेत शंकास्पद व्यक्तिको गतिविधिमाथि निगरानी गर्दै आएको अध्यक्ष शाहले बताए। सेती प्रादेशिक अस्पतालमा अन्य गेटहरू बन्द गरेर एउटै गेटबाट आउनेजाने व्यवस्था मिलाइएको छ। अस्पतालमा भिडभाड भएको बेला र रातिको समयमा चोरीका घटना हुन सक्ने भन्दै बिरामी र तिनका कुरुवालाई समेत माइकिङ गरेर सचेत गराउने काम हुँदै आएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस