सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियामा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ २२, ०१:०९

अस्ट्रेलियामा एक व्यक्तिले चलाएको अन्धाधुन्ध गोलीबाट ४ जनाको मृत्यु भएको छ। अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनाका ४५ वर्षीय आक्रमणकारीलाई प्रहरीले नियन्त्रण लिसकेको तर उक्त व्यक्तिको बारेमा आउन बाकि छ। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार आक्रमणकारीले पाल्मस होटलमा रहेकी एक महिलाको गोडामा कयौं पटक गोली हानेका थिए। प्रहरीले घटनामा एक ब्यक्तिको मात्र संलग्नता रहेको हुनसक्ने बताएको छ।

एक व्यक्तिले सटगनबाट जथाभावी गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले सहरमा सुरक्षा सर्तकता अपनाएको सञ्चारमाध्उमले जनाएका छन्। डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यस्तै अस्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले भने घटना आतंकवादी क्रियाकलापसँग सम्बन्धित नरहेको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस